३५ वर्षअघिको गीतलाई रिमेक गरेर सार्वजनिक [भिडियोसहित]

३५ वर्षअघिको गीतलाई रिमेक गरेर सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ । वरिष्ठ गीतकार बीबी थापाको शब्द रचनामा ३५ वर्षअघि गायक प्रदीपराज पाण्डेको स्वर र संगीत महर्षी नातिकाजीको संगीतमा बनेको गीतलाई अहिले रिमेक गरेर सार्वजनिक गरिएको छ ।

गायिका अन्जु पन्तको स्वरमा ‘थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ’ सार्वजनिक गरिएको हो ।

मिठासपूर्ण गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन् । यसअघि ‘म तिम्रो शहर छोडी टाढा’ को रिमेक पनि अन्जु पन्तको स्वरमा संगीत संयोजन चौलागाईंले नै गरेका थिए । पछिल्लो समय युवा पुस्तामा चर्चित बन्दै गएका एरेन्जर र गीतकार थापाको ट्युनिंग जमेको छ । गीतलाई मिक्सिंग मास्टरिङ्ग प्रकाश मिश्रले गरेका छन् ।

सार्वजनिक भिडियोमा निर्देशक नितिन चन्दले गीत अनुसारको कन्सेप्टमा राम्रो भिडियो निर्माण गरेका छन् । भिडियोमा सन्दीप वस्ती र कविता न्यौपाने फिचर्ड छन् । कविता र सन्दीपको जोडी सुहाएको छ । गीतको भाव अनुसार सुहाउँदो भिडियो बनेकोले अहिलेका दर्शक श्रोताको पनि मन जित्नेमा गीतकार थापा ढुक्क छन् । पहिले रेकर्ड भएको गीत अडियो हिट भए पनि त्यो बेला अहिलेको जस्तो भिडियो निर्मणको चलन नभएकोले म्युजिक भिडियो निर्माण नगरिएको गीतकार थापाले बताए ।

नमित चन्द ठकुरीको एसोसियट निर्देशन रहेको भिडियोको छायांकन नुवा संदेशले गरेका छन् भने सम्पादन विजय कार्कीको रहेको छ । भिडियो बीबी थापा इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Skip This
Skip This
Logo