काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीका पिता इन्द्रप्रसादसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद् बैठक लगत्तै मन्त्री रबिन्द्रका परिवारलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका प्रधानमन्त्री ओलीले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गरे । ‘अकल्पनीय दुर्घटनाको खबर थाह पाउने बितिक्कै असैह्य पीडाले सम्हालिन मलाई धेरै गाह्रो भएको थियो’, रबिन्द्रका वृद्ध पिता इन्द्रप्रसादसहित परिवारलाई प्रधानमन्त्रीले व्यक्त गरेको समवेदना उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘म बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस्, तपाईंहरुको साथमा देश, सरकार छ ।’
दुर्घटनाको खबर लगत्तै रबिन्द्रका पिता इन्द्रप्रसाद र माता लक्ष्मीदेवी पोखराबाट हेलिकप्टरमा काठमाडौं आएका थिए । काठमाडौंमै रहेकी श्रीमती विद्या भट्टराई त्रिविविमा प्राध्यपनरत छिन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया