काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै बिहीबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।
बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । हेलिकोप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो । हेलिकोप्टरमा सवार ७ जनाको निधन भएको थियो ।
४ सदस्यीय छानबिन समिति गठन
सरकारले ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेको हो । त्यस्तै सदस्यहरुमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।































प्रतिक्रिया