प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडय्यन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको खवर सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा क्याविनेट बैठक बोलाएका हुन् ।

बैठक आज ३ बजेका लागि बोलाइएको छ । पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी त्यसतर्फ गएका थिए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार थिए ।

Skip This
Skip This
Logo