पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकार चढेको हेलिकप्टर दुर्घटनमा परेको छ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।

तेह्रथुमको अठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी त्यसतर्फ गएका थिए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार थिए ।

गृहसचिव प्रेमकुमार राईका अनुसार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै दुर्घटनामा परेको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Logo