काठमाडौँ । जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणहरूका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले सर्वसाधारणहरूमा निष्काशन गरिने धितोपत्रहरूको आईपीओको विशेष प्रस्ताव पारित भएपछि तोकिने साधारण शेयरहरू निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो ।
अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यावसायिक समूहहरूमध्ये एक हो, जसको वार्षिक कारोबार ४ हजार करोडभन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । शोभाकर (हरि) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रही २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको छ ।
‘अम्बे’ ब्रान्ड अन्तर्गत ८० प्रतिशत बजारलाई आपूर्ति गरी पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँकेको नेपालगञ्जमा रहेको छ । उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी र ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।
जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ । यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्त्वपूर्ण योगदान पुर्याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।
उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।































प्रतिक्रिया