सरकारी चिकित्सकहरुद्वारा ओपिडी सेवा बहिष्कार

सरकारी चिकित्सकहरुद्वारा ओपिडी सेवा बहिष्कार

केन्द्रबिन्दु
0
Shares

कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै आन्दोलनरत सरकारी चिकित्सकहरुले आकस्मिकबाहेक सम्पूर्ण ओपिडी सेवा बहिष्कार गरेका छन् ।   सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा भैरहेको आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि सेवा बहिस्कार गरेका हुन्।

बुधबार परेको स्वास्थ्य सेवा दिवस बहिष्कार गरेको जानकारी गराउँदै गोदानले समायोजन ऐन मिचेर सहसचिवस्तरका ११औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेकाले त्यसलाई सच्याउन माग गर्दै इमरजेन्सीबाहेक सबै सेवा बहिस्कार गरेको जनाएको छ ।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनुपर्ने माग राख्दै दुईमहिना देखि आन्दोलनरत सरकारी चिकित्सकले समायोजन विधेयक नसच्याए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको छ ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि सरकारी निर्णयप्रति आपत्ति जनाउँदै समायोजन प्रक्रियाप्रति सरकारको ध्यानार्कण गराएको छ ।

Skip This
Skip This
Logo