हेटौँडामा खोरै रित्तिने गरी मर्न थाले कुखुरा, पालेका ६ हजार मध्ये १२ मात्रै जिवित

हेटौँडामा खोरै रित्तिने गरी मर्न थाले कुखुरा, पालेका ६ हजार मध्ये १२ मात्रै जिवित

केन्द्रबिन्दु
0
Shares

हेटौँडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिको ७, ८ र ११ नम्बर वडामा अण्डा तथा मासुका लागि पालिएका कुखुरा धमाधम मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

एक साताभित्रै करिब १५ हजार कुखुरा मरिसकेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ । अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लूको आशंका गरिएको छ । तर कुखुरा व्यवसायी तथा किसानहरुले भने रानीखेत रोगको कारण कुखुरा मरेको आशंका गरेका छन् ।

‘बर्डफ्लूको हल्ला मात्र हो रानीखेत रोगका कारण कुखुरा मरेको हामीले अनुमान गरेका छौं’, कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले भने । हेटौंडा–७ का कुखुरा पालक किसान दीपेन्द्र गौतमले करिब सातसय कुखुरा मरेको बताए । ‘मैले २७ सय कुखुरा पालेको छु, एक साताको बीचमा सातसय कुखुरा मरिसकेको छ’, उनले भने, ‘दुई वर्ष दुबईमा काम गरेर २० लाख लगानीमा खोर बनाएर कुखुरा पालन सुरु गरेँ तर धमाधम कुखुरा मर्न थालेपछि लगानी नै डुब्न थालेको छ ।’

उनी जस्तै चिन्तित अनिष पोल्ट्रीका कुलप्रसाद चौलागाईँले पालेका ६ हजार लेयर्स कुखुरामध्ये अहिले १२ वटा मात्रै कुखुरा बाँकी छन् । नवराज सिलवालले ४ हजार कुखुरा पालेकोमा २ हजार ५ सय कुखुरा मरिसकेको बताए ।

कुखुरा धमाधम मर्न थालेपछि मकवानपुरमा कुखुरा पालनमा लगानी भएको करिब ६ अर्ब रुपैयाँ जोखिममा परेको भन्दै किसानहरु चिन्तित छन् । खोर नै रित्तिने गरी कुखुरा मरेपछि लाखौं रुपैयाँको नोक्सान भएको उनीहरुले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलले संकलन गरिएका नमुना चितवन पठाइएको र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo