आक्रोशित उपसचिवले भने, ‘भ्रष्ट सचिवलाई तह लगाएरै छोड्छु’ (भिडियोमा)

आक्रोशित उपसचिवले भने, ‘भ्रष्ट सचिवलाई तह लगाएरै छोड्छु’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कर्मचारी संयन्त्रमा यतिबेला एक उपसचिव चर्चामा छन् । भ्रष्टाचार विरोधीको रुपमा चिनिएका उपसचिव प्रेमकुमार सञ्जेलले सरकारलाई कडा चेतावनी दिएका छन् । आफ्नो ७० दिनमै सरुवा गर्ने सचिवमाथि कारवाही माग गर्दै सरकारलाई अदालतको ढोका ढकढक्याउने चेतावनी दिएका हुन् ।

उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलवसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिन भित्रै सर्वोच्च अदालत जाने चेतावनी दिएका हुन् ।

दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफूलाई ऐन विपरित ७० दिनमै सरुवा गरेको उल्लेख गर्दै उनीमाथि विभागीय कारवाहीको माग समेत गरेका छन् । आफूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैर कानुनी ढंगले सरुवा गरेर दुःख दिएको उपसचिव सञ्जेलको भनाई छ ।

उपसचिव सञ्जेलले आफूलाई गरिएको सरुवा गैरकानुनी भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएको उल्लेख गर्दै त्यसमा सचिव दाहालले अझै सुनुवाई नगरेकोमा पनि आक्रोश व्यक्त गरे । आफू भ्रष्टाचार विरोधी भएकाले अन्यायमा पार्ने काम भईरहेको उपसचिव सञ्जेलको दावी छ ।

Logo