काठमाडौँ । बडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुहरूको चाप देखिएको हो ।
असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाइ यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुहरूले खचाखच भएको छ ।
असोज २४ गते आन्तरिकतर्फ दुईतर्र्फी गरेर तीनसय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रियतर्फ दुईतर्र्फी एकसय सात उडान भएका थिए । २४ गते १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रियतर्फ २४ गते दुईतर्र्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाइयात्रा गरेका हुन् ।































प्रतिक्रिया