करिब ३९ हजार कर्मचारीलाई समायोजनको पत्र : ४७ हजारलाई बाँकी

करिब ३९ हजार कर्मचारीलाई समायोजनको पत्र : ४७ हजारलाई बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले सोमबार सम्ममा ३८ हजार ८१७ जना कर्मचारीलाई समायोजनको पत्र दिएको छ ।

अहिलेसम्म समायोजन भएका कर्मचारीमा सचिव ७७ जना, सहसचिव ६६७, उपसचिव, एकहजार ७३० जना, शाखा अधिकृत चार हजार ७९३, नायब सुब्बा नौ हजार ८०३, खरिदार पाँच हजार ८९२, कार्यालय सहयोगी १० हजार ९४८ जनालाई समायोजनको पत्र प्रदान गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अझै करिब ४७ हजार जना कर्मचारी समायोजन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । अब संसद्, परराष्ट्र, न्याय र स्वास्थ्य सेवाका कर्मचारी समायोजन हुन बाँकी छन् । उहाँले भन्नुभयो, ‘‘अबको दुई साताभित्र सबै कर्मचारी समायोजन भइसक्नेछन् ।’’ सरकारले कर्मचारी समायोजनमा समस्या भएका विभिन्न सेवाका कर्मचारीसँग आवश्यक परामर्श गर्ने कामलाई समेत निरन्तरता दिँदै आएको छ ।

सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनका लागि निवेदन दिने समयावधि तोकेको थियो । त्यसको एक महिनाभित्र कर्मचारी समायोजन गरिसक्ने भनिए पनि केही प्राविधिक समस्याले कर्मचारी समायोजनमा ढिलो हुन गएको बताइएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo