सुदूरपश्चिम रोयल्सको मेन्टरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त

सुदूरपश्चिम रोयल्सको मेन्टरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो ।

हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएलमा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदै छ ।

Skip This
Skip This
Logo