ओस्कार अर्वाडमा लेडी गागाले लगाईन् साढे ३ अर्बको डायमण्ड नेक्लेस

ओस्कार अर्वाडमा लेडी गागाले लगाईन् साढे ३ अर्बको डायमण्ड नेक्लेस

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । सन् २०१९ को ९१ औं ओस्कार अवार्ड समारोह सम्पन्न भएको छ । ओस्कार  अवार्डमा हलिउड देखि बलिउडसम्मका सेलिब्रेटीहरु पुगेका थिए । त्यस्तै अमेरिकी चर्चित गायिका, सङ राइटर तथा एक्ट्रेस लेडी गागा पनि उक्त अवार्ड सेरेमोनीमा पुगेकी थिईन् ।

उनी सबैको आर्कषणको केन्द्र बनिन् । ३२ वर्षीया गागाले रेड कार्पेट हुँदै स्टेजसम्म आफ्नो सुन्दरता र ड्रेसअपले सबैलाई आर्कषित गरेकी थिइन् । उनले लामो ब्ल्याक गाउनमा १२८.५४ क्यारोटको डायमण्ड नेक्लेस लगाएकी थिइन् ।

उक्त नेक्लेसको मूल्य ३० मिलियन डलर अर्थात ३ अर्ब ४० करोड नेपाली रुपैयाँ पर्छ । यो नेक्लेस यहि रेड कार्पेट आँउटफिटको लागि नै डिजाइन गरेकी थिईन् ।

पहिलो पटक ओस्कार


साथै गागालाई वर्ष २०१९ निकै लक्की साबित भएको छ । उनले ‘शैले’ बोलको गीतको लागि ‘बेस्ट ओरिजिनल सङ’ नामक अवार्ड जितेकी हुन् ।

उनले आफ्नो सिङगिङ करियरमै पहिलो पटक ओस्कार अवार्ड जितेकी हुन् । अवार्ड पाएपछि गागाले यहि गीतलाई ब्रेडली कपूरसँग मिलेर गाइन् ।

Skip This
Skip This
Logo