भुजहवा पञ्चशील बुद्ध विहारमा धम्म दीक्षा

भुजहवा पञ्चशील बुद्ध विहारमा धम्म दीक्षा

केन्द्रबिन्दु
39
Shares

नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशील बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ ।

तत्कालीन सम्राट् अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।

विश्व बौद्ध धम्म परिषद् नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट् अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको छ । सोही दिनलाई अशोक विजया दशमीको नामबाट बुझिने जनाइएको छ ।

भगवान् गौतमबुद्धको अष्टधातुलाई आठ भागमा वितरण गरेको मध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन तयार भएपछि सम्राट् अशोक फर्केको बताए ।

अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लगायतको उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo