काभ्रेका ३५ जना र सिन्धुपाल्चोकका १२ जनाले अनुदान रकम फिर्ता गरे

काभ्रेका ३५ जना र सिन्धुपाल्चोकका १२ जनाले अनुदान रकम फिर्ता गरे

केन्द्रबिन्दु
0
Shares

मेलम्ची
सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ जनाले पहिलो किस्ताबापतको ५० हजार फिर्ता गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी–२ का पदमबहादुर तामाङ, सुनकोशी– १ का प्रेमबहादुर कार्की, मेलम्ची–४ का कृष्णहरि खनाल, सुनकोशी– ६ का सीताराम भण्डारी, चौतारा साँगाचोक गढी नपा–९ का बादल तामाङ छन् ।

अन्यत्र घर भएका तर अनुदान लिएका मेलम्ची नपा– १३ का झम्कप्रसाद दङ्गाल, हेलम्बु गापा– १ का मिङ्मार लामा, चौसागढी नपा– ११ का महेन्द्र गिरी, चौसागढी नपा– ७ का राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दङ्गालले पनि रकम फिर्ता गरेको समितिका अध्यक्ष निमा छिरिङ लामाले जानकारी दिनुभयो ।

यता काभ्रे जिल्लाका ३५ जना नक्कली भुकम्पपीडितले पनि पहिलो किस्ताको ५० हजार रकम फिर्ता गरेको बताइएको छ ।
रासस

Skip This
Skip This
Logo