काभ्रे।
काभ्रे जिल्लामा आज १७ जना संक्रमित थपिएका छन् । आज १७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ५२ जना संक्रमित छन् ।
नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ८, बनेपाका ४, पनौतीका २, चौरीदेउरालीका १ र मण्डनदेउपुरका २ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ५२ पुगेको छ । निको हुनेको संख्या २७ सय ८४ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय २९ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १४ महिला गरी ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३४४, भक्तपुरमा ३३ र ललितपुरमा ६७ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९० हजार ७७२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार २२८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ९०४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १२ हजार ८३२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको छ । आज १ हजार १४ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । आज मात्र २० जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६२८ रहेको छ ।
आजको पिसिआर परीक्षण ६ हजार २२० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ९० हजार ७३९ रहेको छ । आज १२ हजार ९४८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया