काठमाडौं । देशकै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आईबार निकै चर्चामा रह्यो । विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को उमेर हदका विषयमा विवाद हुँदा कांग्रेस मुख्यालय सानेपा रणभूमिमा परिणत भयो । त्यसको योजना विद्यार्थी नेता तथा कार्यकर्ताहरुले शुक्रबार नै गरेका थिए ।
विधानमा जारी विवाद टुग्याउन फागुन ९ गते बोलाईएको केन्द्रीय कार्यसमिति बैठक पनि नेविसंघको अवरोधपछि स्थगित भएको थियो । बैठक १२ गते अर्थात आजको लागि बोलाईएको थियो । आजको बैठकको लागि नेताहरु आउने क्रममा नेविसंघका विद्यार्थी नेता तथा कार्यकर्ताहरु सानेपा पार्टी कार्यालय बाहिर जम्मा भएका थिए ।
विवाद बढ्दै जाँदा सिटौला पक्षका विद्यार्थीहरुले संस्थापन पक्षले झुण्ड्याएको ब्यानर नै च्यातिदिए । ब्यानर च्यातिएपछि दुई पक्षबीच भनाभन सुरु भयो । भनाभनकै क्रममा सिटौला समूहबाट पानीको बोतल हान्न सुरु भयो । त्यसपछि दुवै पक्षबाट ढुंगा हानाहान सुरु भयो ।
प्रहरीले विद्यार्थीहरुलाई तितरवितर गर्न लाठी प्रहार गर्यो । झण्डै आधा घण्टासम्म ढुंगामुढा तथा प्रहरीको लाठीचार्जको क्रम चल्यो । उक्त क्रममा दुवै पक्षका केही विद्यार्थीहरु घाइते भए ।































प्रतिक्रिया