प्रेम र रिलेशनसिप सबैको चासोको बिषय हो । सबैजना चाहन्छन कि जीवनका हरेक मोडमा ‘स्पेसल फिल’ गराउने कोही होस् । आफ्नो दुःख बिसाउने कोही होस् । तर सबैले सोचे जस्तो चाहे जस्तो कहाँ हुन्छ र ?
आफुले भने जस्तो पर्फेक्ट पार्टनर पाइदैन् । यस मामलामा केटाहरु भन्दा पनि केटीहरुलाई बढी सावधानी हुनुपर्ने हुन्छ । धेरै जसो महिलाहरुलाई योग्य केटा पाउन मुस्किल हुन्छ । महिलाहरु त्यस्ता पुरुषलाई पछ्याईरहेका हुन्छन्, जसले उनीहरुको कदर गर्न सक्दैन् । त्यो महिलाहरुले योग्य पुरुष छनोटमा देखिएको कमजोरी हो ।
रिलेसनसिपमा बस्नुभन्दा अघि त्यस्ता पुरुषहरुलाई फोर्स नगर्नुहोस् जुन पुरुषले तपाईको फिलिङ्स बुझ्दैनन् । यस्तो पुरुषहरुले तपाईको समय मात्र बर्बाद गरिराखेको हुन्छन् । साथै तपाईलाई पिडा पनि दिइराखेको हुन्छ । कसरी थाहा पाउन सकिन्छ कि कस्तो प्रकारको पुरुषले तपाईको समय बर्बाद गरिरहेका हुन्छन् त ?
१. जुन पुरुष काममा मात्र डुब्छन्ः
कुनै यस्ता पुरुषहरु हुन्छन् जो कामलाई रिलेसनसिप भन्दा निकै महत्व दिन्छन् । यस्तोमा रिलेसनसिपको क्रममा तपाईहरुको पक्का झगडा हुन्छ । जहिले पनि रिलेसिनसिपमा आएपछि कुन काम कतिबेला गर्ने भनेर समयको व्यवस्थापन गर्न सक्ने हुनुपर्छ ।
तपाई यस्तो पार्टनरको खोजीमा रहनुहुन्छ जसले आफ्नो इच्छा पूर्ति गरोस् र त्यसको लागि उसले कडा मेहनत गरोस् । तर कडा मेहेनतको चक्करमा सबैकुरा बिर्सने पुरुष राम्रो हुँदैन् । किनभने कडा मेहनत र काममा लागिरहने कुरामा धेरै अन्तर छ । कामको कारण तपाईहरुको बिच लडाई नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ ।
२. प्ले ब्वाई पुरुषः
कोही पुरुष ‘फेक रिलेसन’ मा रहन चाहन्छन् । त्यस्ता पुरुष आज एउटा केटीसँग भोली अर्कै केटीसँग सम्बन्ध बनाउछन् । यसको अर्थ उनीहरु कुनै पनि केटीसँग गम्भिर हुँदैनन् । त्यसकारण पार्टनर खोज्दा यस्ता पुरुषहरुसँग बच्नुपर्छ । किनभने उनीहरु कहिले पनि प्रतिबद्धताको लागि तयार हुँदैनन् । गर्लफ्रेन्डसँग विबाह गर्ने कुरामा उनीहरु घबराउँछन् । उनीहरु कहिले पनि इमान्दारीसँग सम्बन्ध निभाउँदैनन् ।
३. अपरिपक्क पुरुषः
जहिलेपनि केटीहरु रिलेसनसिपको लागि एक परिपक्क पार्टनरको खोजीमा रहन्छन् । ताकी उनको जीवन राम्रोसँग चलोस । केटीहरु सचेत हुँदा हुँदै पनि उनीहरु पार्टनर खोज्दा गल्ती गर्छन् ।
यस्तोमा ध्यान राख्नु जरुरी हुन्छ पार्टनर अपरिपक्क नहोस् । किनभने यस्ता पुरुष कुनै पनि कुराको राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् जुन परिपक्क पुरुषले सजिलै गर्न सक्छन् । यदि पुरुषहरु मानसिक रुपले परिपक्क छैनन् त्यस्ता कुराहरुमा ध्यान दिँदैनन् जुन रिलेसनसिपको क्रममा जरुरी हुन्छ ।































प्रतिक्रिया