मेसीद्वारा ह्याट्रिकको किर्तिमान

मेसीद्वारा ह्याट्रिकको किर्तिमान

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाका सुपरस्टार फरवार्ड लियोनेल मेसीले आफ्नो करियरको ५०औं ह्याट्रिक पूरा गरेका छन् ।

गएराती भएको स्पेनिस लालिगामा सेभियाविरुद्धको खेलमा आफ्नो करियरको ५०औं ह्याट्रिक पूरा गर्दै ३१ वर्षिय मेसीले ह्याट्रिककै नया उचाइ छोएका हुन् । उनको ह्याट्रिकको सहायताले बार्सिलोनाले सेभियालाई ४–१ गोलले पराजित गर्दै लालिगामा आफ्नो पहिलो स्थानलाई मजबुत बनाएको छ । बार्सिलोनाकालागि थप एक गोल लुइस स्वारेजले गरेका थिए । यो गोलका लागि पनि मेसीले नै पास उपलब्ध गराएका थिए ।

५०औं ह्याट्रिकसंगै मेसीले जारी सिजन लालिगामा आफ्नो गोलको संख्या २५ पुर्याएका छन् भने सबै प्रतियोगितामा गरि ३२ खेलमा ३३ गोल गरिसकेका छन् । मेसीको करियरमा उनको ब्यक्तिगत गोल संख्या ६ सय ५० पुगेको छ । उनले बार्सिलोनाकालागि ५ सय ८५ गोल गरिसकेका छन् भने राष्ट्रिय टोली अर्जेन्टिनाका लागि ६५ गोल गरेका छन् ।

मेसीले उत्कृष्ट फुटबलरलाई दिइने बेलन डी ओरको उपाधी पाच पटक जितिसकेका छन् । पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिष्टियानो रोनाल्डोले पनि यो उपाधी पा“च पटक जितेका छन् ।

Skip This
Skip This
Logo