एनसेल आक्रमणको जिम्मा विप्लवको पार्टीले लियो

एनसेल आक्रमणको जिम्मा विप्लवको पार्टीले लियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि गरिएको आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार राति ललितपुरमा रहेको नख्खुको मुख्यालय लगायत देशभरका एनसेल टावरमा गरिएको बम हमलाको विप्लव पार्टीले जिम्मा लिएको हो ।

एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छली गरेको, नेपालमा लगानी नगरेर विदेश लगेको, अदालतले गरेको निर्णयहरु पालना नगरेको जस्ता आरोप नेकपाले एनसेलमाथि लगाएको छ । विशेषगरी कर छली गरेको भन्दै विप्लवले ‘जनकारवाही स्वरुप’ एनसेलमाथी कारवाही गरिएको विप्लव नेकपाको दाबी छ ।

नेकपाले नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई प्रलोभवनमा पारेर तथा कर्मचारी खरिद गरेर एनसेलले ग्राहकको संख्या बढाएको पनि आरोप लगाएको छ । नेकपाले एससेलमाथि बेला बेला आक्रमण गर्दै आएको थियो ।

फाुगन १० गते राति देशभरका विभिन्न स्थानमा आक्रमण गरिँदा मानवीय क्षति पुगेको भन्दै नेकपाले माफी मागेको छ । ललितपुरमा दुःखद् घटना भएको भन्दै नेकपाले माफी मागेको हो ।

उक्त घटना पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र उक्त दुर्घटनामा पार्टीपङ्क्ति दुखित भएको नेकपाले जनाएको छ । नेकपा स्रोतका अनुसार उक्त घटनापछि पनि एनसेल सचेत नभए अर्को आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

Logo