नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाही नेपालको राजनीतिले आफुलाई  दिक्क बनाउने गरेको बताएका छन् । "/>

राजनीतिक देखेर दिक्क लाग्छ, सबै छोडेर खेती गर्न हिँडूँ जस्तो लाग्छ- प्रचण्ड

राजनीतिक देखेर दिक्क लाग्छ, सबै छोडेर खेती गर्न हिँडूँ जस्तो लाग्छ- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाही नेपालको राजनीतिले आफुलाई  दिक्क बनाउने गरेको बताएका छन् ।

भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीँ परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडूँ कि भने जस्तो हुन्छ।’

नेपाल, सुनको टुक्रा भएको बताउंदै उनले भने, ‘हामीसँग जति प्राकृतिक स्रोत साधन अन्त छैन तर हामी नै गरिब। कहीँ न कहीँ हाम्रो सोचमा परिवर्तन ल्याउन जरुरी छ। र, यसको नेतृत्व राज्य नै गर्नुपर्छ’, उनले भने, ‘यो जनतालाई दोष दिने कुरा होइन। जनताले मेहनत गरेकै छ। श्रम गरेकै छ। पसिना बगाएकै छ।’

कतिपय देशमा न्यून जनसंख्या कृषिमा सहभागी भए पनि उत्पादन राम्रो भएको चर्चा गर्दै उनले नेपालमा भने नगन्य मात्रामा मात्रै राज्यले कृषिमा अनुदान, प्रोत्साहन र सहुलियत ऋण दिने गरेको बताए।

Skip This
Skip This
Logo