एनसेल मुख्यालयको बम विष्फोटमा घाइते एक जनाको मृत्यु

एनसेल मुख्यालयको बम विष्फोटमा घाइते एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ललितपुरको नख्खुमा शुक्रबार साँझ बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ । नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजे मृत्यु भएको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ । विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको बताइएको छ ।

Skip This
Skip This
Logo