काठमाडौँ
तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरीया भिड्ने भएका छन् । उपाधि भिडन्त आज धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । दुवै टोली पहिलोपल्ट फाइनलमा प्रतिष्पर्धा गरिरहेका छन् ।
काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै अत्तरीया प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो भने महेन्द्रनगरले इलिमिनेटरमा रुपन्देहीलाई पराजित गर्दै दोस्रो क्वालिफायर प्रवेश गरेको थियो । तर दोस्रो क्वालिफायरमा काठमाडौंले प्रतियोगिता वहिष्कार गरेपछि महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । महेन्द्रनगरको टोली शरद भेष्वाकरको कप्तानीमा रहेको छ भने अत्तरीया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको छ ।
उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा दुवै टोलीले आफू च्याम्पियन बन्ने दाबी गरेका छन् । शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका हुन् ।































प्रतिक्रिया