१४ करोडका कारकेड मोटरसाइकल किन्दै प्रहरी

१४ करोडका कारकेड मोटरसाइकल किन्दै प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपतिलाई कारकेड गाडि किन्ने विषयको विवाद सेलाउन नपाउँदै सरकारले नेपाल प्रहरीलाई कारकेड मोटरसाइकल किन्न बजेट दिएको छ । नेपाल प्रहरीलाई ३० थान कारकेड मोटरसाइकल किन्न अर्थ मन्त्रालयले भैपरी शिर्षकमा बजेट दिएको हो ।

कारकेड मोटरसाइकल किन्न १३ करोड ९७ लाख रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ । विशिष्ट व्यक्तिको सुरक्षा प्रयोजनका लागि मोटरसाइकल किन्न थालेको नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । ‘टेण्डर प्रक्रिया अघि बढी सकेको छ,’ उनले भने ‘ढिलोमा चैतसम्म उक्त कारगेड मोटरसाइकल नेपाल आइसक्ने छ ।’

नेपाल प्रहरीसंग अहिले कारकेड मोटरसाइकलको सेट रहेको छ । त्यो सेट राष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीको विशिष्ट व्यक्तिको सवारीका कार्यक्रममा सुरक्षाका लागि प्रयोग हुँदै आएको छ । भएको सेट पुरानो भएकाले बेला बेलामा विग्रने समस्याका कारण प्रहरीले नयाँ सेट किन्न सरकारसंग प्रस्ताव गरेको हो ।

काठमाडौंमा सम्पन्न विमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सुरक्षामा प्रयोग भएको कारकेड मोटरसाइकल दुर्घटनामा परेको थियो । उनको स्कर्टिङका क्रममा कालिमाटीमा भएको दुर्घटनाप्रति धेरैले चासो व्यक्त गरेका थिए । प्रहरीले दर्घटनाको कारण पुराना मोटरसाइकल भएको बताएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo