देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
निर्मलाका बाबु आमाको धर्ना स्थगित, उपचार गर्न काठमाडौं लगियो
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले धर्ना स्थगित गरेका छन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरु गर्रिको धर्ना १ सय ५ दिनमा शुक्रबार स्थगित गरेका हुन् । छोरीको हत्यारा सार्वजनिक गर्दै कारवाहीको माग गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि धर्ना बस्दैं आएका थिए । लामो समय धर्नामा बस्दा उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गरिएको हो ।
‘ज्ञानेन्द्रले फोन बन्द गरे, अहिले फेसबुक बन्द गर्न खोजे’- गगन थापा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि सम्बन्धी विधेयकमा भएको केही प्राबधानको चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गलत मनसायका साथ विरोधीलाई अंकुश लगाउने अभिप्रायसाथ विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् । सांसद गगन थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ विधेयक ल्याईएको टिप्पणी गरे । उनले तात्कालिन राजा ज्ञानेन्द्रले आलोचनाबाट बच्च फोन बन्द गरेको प्रसंग स्मरण गराउदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।
निर्मला हत्याकाण्डदेखि फेक इन्काउन्टरसम्म
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष नाघेको छ । यतिबेला ओलीको एक बर्षे कार्यकालको समिक्षा भईरहेको छ । त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो बार्षिक कार्यप्रगति पनि सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्रीले चालु बर्ष कानून निर्माण तथा उद्घाटनको बर्ष हुने र अर्काे बर्षदेखि विकास निर्माणको बर्ष शुरु हुने बताउँदै आएका छन् ।
यसका साथै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ती सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पनि बताउँदै आएका छन् । तर, विगत एक बर्षमा ओलीको प्राथमिकता विपरित मुलुकमा शान्ती सुव्यवस्था खलबल्याउने थुप्रै घटनाहरु भए जसले सरकारको साँख गिराउन महत्वपूर्ण भूमिका निभायो । प्रहरीको तथ्यांक नियाल्ने हो भने पनि आर्थिक बर्ष २०७३/७४ मा भन्दा २०७४/७५ मा अपराधको रेखा ह्वात्तै बढेको देखिन्छ । गत बर्ष भन्दा चालु बर्ष २४ दशमलव ९६ प्रतिशतले बढी अपराधिक घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
नेकपा कार्यदल विघटन, सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पार्ने
नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । कार्यदल भंग भएसँगै अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।
बेलायतलाई नेपालको प्रश्न, ‘गुमेको नेपाली भूभाग कहिले फिर्ता हुन्छ ?’
सुगौली सन्धीपछि गुमेको नेपाली भूभाग फिर्ता गराउन बेलायती रक्षामन्त्रीसँग माग गरिएको छ । नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक ज्ञापनपत्र बुझाउँदैं नेपाली भूभाग फिर्ता गराउन माग गरेको हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, कोषाध्यक्ष नवीना खड्का र केन्द्रीय सदस्य विष्णुजङ्ग पाण्डे सम्मिलित एक प्रतिनिधि मण्डलले लैनचौरस्थित बेलायती दूतावास गई रक्षाराज्यमन्त्री मार्कलाई तीन सूत्रीय ज्ञापनपत्र बुझाएको हो ।
नेपालको सानदार जित, नेरी थापाको किर्तिमान
काठमाडौंले डिपिएल बहिस्कार गरेपछि महेन्द्रनगर स्वत फाइनल प्रवेश
शिवमको आइपीओमा स्थानीयको चासो कम, सर्वसाधारणको बढी
सवारी दुर्घटनामा गम्भिर घाइते नेकपा सांसद ओलीको निधन
नेपाल एयरलाइन्समा १६५ जनालाई रोजगारीको अवसर
वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु
खेल सङ्घमा आबद्ध भए बर्खास्त
भीमफेदी कारागारका जेलर घुससहित पक्राउ
अष्ट्रेलियामा पीडित बिद्यार्थीहरुलाई न्याय दिन इक्यानको ८ बुँदे प्रतिबद्धता (बिज्ञप्तिसहित)
शंका लागेपछि श्रीमतीको हत्या, टाउँको बोकेर पुगे प्रहरी चौकी
चिकित्सा शिक्षासहित तीन विधेयक प्रमाणीकरण
पाकिस्तानले थाल्यो भारतविरुद्ध युद्धको तयारी
भारतद्वारा पाकिस्तान जाने ३ वटा नदीको पानी बन्द गर्ने घोषणा
फ्रान्समा फ्लुको प्रकोपबाट २८०० को मृत्यु
पहिलो पटक ‘हरर’ फिल्ममा अभिनय गर्दै कट्रिना कैफ
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया