नेकपा कार्यदल विघटन, सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पार्ने

नेकपा कार्यदल विघटन, सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पार्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।

कार्यदल भंग भएसँगै अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।

बिहीबार सचिवालय बैठकमा संयोजक रामबहादुर थापा बादलले एक साताको समय माग गरेका थिए । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।

शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार कार्यदल भंग गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिइ । ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्‍यो । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।’ श्रेष्ठले भने ।

Skip This
Skip This
Logo