इसाई संस्था–एनजीओ हातेमालो, ४० जिल्लामा साँढे २ अर्ब लगानी

इसाई संस्था–एनजीओ हातेमालो, ४० जिल्लामा साँढे २ अर्ब लगानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको छ । समाज कल्याण परिषद्का अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओ (गैरसरकारी संस्था) ले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका, कृषि लगायतका क्षेत्रमा साढे २ अर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ ।

‘कुन कुन क्रिस्चियन एनजीओ भनेर हेरेका छैनौं । समग्रमा भन्दा बढी लगानी क्रिस्चियनहरूकै छ,’ समाज कल्याण परिषद्का सूचना अधिकारी हरि तिवारीले भने, ‘समग्रमा हेर्दा ७० प्रतिशत लगानी क्रिस्चियन संघसंस्थाकै रहेको देखिन्छ ।’
ती एनजीओले धेरैजसो लगानी शिक्षा, स्वास्थ्य, दलित र आदिसासी केन्द्रित गरेको पाइन्छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाले नेपालका एनजीओ मार्फत मात्र १ अर्ब ९९ करोड ६४ लाख ९० हजार ६ सय ९९ रुपैयाँ लगानी गरेको पाइएको छ । समाज कल्याण परिषद्को तथ्यांक अनुसार क्रिस्चियन संस्थाको सो लगानी नेपालका ४० जिल्लामा विभिन्न कार्यक्रममा उपयोग भइरहेको छ ।

नेपालमा रहेका गैरसरकारी संस्थामार्फत क्रिस्चियनहरूको संस्थाले चितवन, रूपन्देही, बाँके, कञ्चनपुर, कैलाली, काठमाडौं, महोत्तरी, धनुषा, नवलपरासी, कास्की, काभ्रेपलाञ्चोक, धादिङ, झापा, सुनसरी, उदयपुर, सिन्धुली, प्यूठान, इलाम, दाङ, गुल्मी र सुर्खेतमा लगानी गरेको पाइएको छ । संखुवासभा, बाग्लुङ, गोरखा, तनहुँ, रोल्पा, सल्यान, दैलेख, डोटी, बैतडी, लम्जुङ, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, ललितपुर, जुम्ला, मुगु, मोरङ, भक्तपुर र कालिकोटमा पनि उनीहरूको लगानीमा कार्यक्रम सञ्चालन भएको पाइएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo