काठमाडौं । सामाजिक सञ्जालमाथि कडाई गर्ने विषयमा सरकारले आफ्नो धारणा बाहिर ल्याएको छ । सामाजिक सञ्जालले बढ्दै गईरहेको विभिन्न खाले घटनाप्रति प्रति लक्षित गर्दै सरकारले यसमा कडाई गर्न कानून नै बनाईरहेको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्न पहिला दर्ता गराउनुपर्ने उक्त विधेयक उल्लेख गरिएको छ । उक्त बुँदामा चौतर्फी प्रश्न उठेपछि सरकारले जवाफ दिएको हो । सरकार प्रवक्ता गोकुल बास्कोटाँले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नभई नियमन गर्न मात्र लागिएको बताए ।
जिउँदो मानिसलाई पनि मरेको घोषणा गर्ने फेसबुकलाई नियमन किन नगर्ने भन्दै प्रतिप्रश्न गरे । कानून बनाएपछि फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले विकृति समेत भित्र्याईरहेको भन्दै उनीहरुलाई नेपालमै कार्यालय खोल्न भनिएको उनको दाबी छ ।
‘अस्ति एक जना पत्रकारलाई नै फेसबुकले मर्यो भनेर घोषणा नै गरेछ । उनले आफु जिउँदैं छु फेसबुक भनेरै सरकारी कागजात नै पेश गर्नुपर्यो । यस्तो गल्ती गर्ने फेसबुकलाई नियमन गर्न खोज्नु के सरकारले गल्ती हो ?’ उनले भने ।
फेसबुकले विभिन्न देशमा फेसबुकले आफ्नो कार्यालयका स्थापन गरेको तर नेपालमा किन गर्न नहुने भन्दैं कार्यालय स्थापना गर्न तथा दर्ता गराउन फेसबुकको कार्यालयलाई पत्र लेखिएको बताए । ‘हामीले सबै सामाजिक सञ्जाललाई नेपालमा नै कार्यालय स्थापना गरेर कानूनसम्बत चल्न भनेका छौं ।’































प्रतिक्रिया