गलेश्वर(म्याग्दी)। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् ।
शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको रु तीन करोड ४८ लाखको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।
यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो। पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ।
यो पुल रु एक करोड ५० लाख लागतमा निर्माण भएको हो। स्वाँतको खोपा खोलामा पनि रु ३० लाखको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।































प्रतिक्रिया