अस्ट्रेलियामा पढाइका नाममा ठगिए १२ सय नेपाली विद्यार्थी

अस्ट्रेलियामा पढाइका नाममा ठगिए १२ सय नेपाली विद्यार्थी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र ( नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् ।

एआइबिटी कलेजले अस्ट्रेलियन सरकारको नर्सिङ काउन्सिल (एनम्याक) बाट स्वीकृति नलिई नेपालका परामर्श दातृ निकायलाई कमिसनको प्रलोभनमा पारी १२ सय नेपाली विद्यार्थी भर्ना लिएको थियो । एनम्याकको स्वीकृतिबिना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र कुनै काम लाग्दैन ।

नागरिकको सम्पर्कमा आएकी काठमाडौं जोरपाटीकी सब्रिसा खरेलले दुईवर्षे नर्सिङ अध्ययनका लागि सन् २०१७ डिसेम्बर १२ मा सिड्नीमा रहेको एआइबिटी पुगेको सुनाइन् । उनले अध्ययनको सबै प्रक्रिया पुतलीसडकमा रहेको सनराइज कन्सल्टेन्सीबाट पूरा गरेकी हुन् । कलेजबाट अफर लेटर आउँदा त्यतिखेर कलेज अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी बाट मात्र मान्यता प्राप्त रहेको र एनम्याकको स्वीकृति प्रकृयामा रहेको लेखिएको थियो । उनले यसबारे सनराइज कन्सल्टेन्सी सञ्चालकसँग कुरा राख्दा २०१८ को सेप्टेम्बरमा स्वीकृति पाउने विश्वास दिलाएपछि एआइबिटीलाई डेढ वर्षको २५ हजार डलर तिरेर अफर लेटरमा साइन गरिन् ।

‘म कलेज पुगेपछि पनि सोधिखोजी गरें । कलेजले पनि सन् २०१८ को सेप्टेम्बरमा जसरी पनि एनम्याकको स्वीकृति पाउने विश्वास दिलायो । तर दुई साताअघि मात्रै हामी नेपाली विद्यार्थी आफैं एनम्याक पुगेर सोधीखोजी गर्दा पो एआइबिटीलाई एनम्याकले नर्सिङ कक्षा सञ्चालनको मापदण्ड नपुगेको भन्दै सम्बन्धन प्रकृया नै अस्वीकृत गरेको थाहा भयो,’ खरेलले अस्ट्रेलियाबाटै भनिन्, ‘त्यसपछि कलेजसँग हामीलाई अन्य कलेज सर्न रिलिज लेटर माग्यौं दिन मानेन । उल्टै १२ बजे राति इमेल गरेर हामीसँग ६ महिनाको थप ५ हजार डलर पो मागियो ।’ एनम्याकले सञ्चालन स्वीकृति नदिएपछि एआइबिटी कलेजलाई मंगलबारदेखि एएसक्युएले समेत खारेज गरिसकेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo