पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायँको फैसला

पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायँको फैसला

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजायँ दिने फैसला भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नु भएको हो । उहाँलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो ।

सैन्य अदालतले नै उहाँलाई दोषी ठहर गर्दै आजीवन जेल सजायँको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् ।
रासस/एएफपी

Skip This
Skip This
Logo