५७ लाख नेपाली नागरिकताविहीन

५७ लाख नेपाली नागरिकताविहीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नागरिकता लिन योग्य ५७ लाख नागरिक नागरिकताविहीन भएको पाइएको छ । २०६८ सालको जनगणना अनुसार १ करोड ४० लाख ३० हजार २ सय ७१ जनाले नागरिकता लिएका थिए । यस्तै गृह मन्त्रालयको तथ्यांक अनुसार २०६९ मा १ करोड ४२ लाख ५० हजार ३ सय ७, २०७० मा १ करोड ५३ लाख ७६ हजार ७ सय ३७ जनाले नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२०७१ मा १ करोड ५८ लाख १९ हजार ६ सय ५७ जनाले नागरिकता लिएका थिए भने सो अवधिसम्म नागरिकता नपाउनेको संख्या ४६ लाख ७७ हजार ५३ जना रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तर यो संख्या अहिले बढेर ५७ लाख पुगेको विभिन्न अध्ययनले देखाएको छ । सरोकारवाला निकायले विभिन्न अध्ययनको आधारमा गरेको प्रक्षेपण अनुसार आव २०७५ सम्म आइपुग्दा मुलुकमा नागरिकता पाउनयोग्य भएर पनि नागरिकता नपाउनेको संख्या ५७ लाख पुगेको हो ।

नागरिकता नपाउँदा उनीहरू सरकारले दिने सुविधाबाट वञ्चित भइरहेका छन् । गृह मन्त्रालयका अनुसार नागरिकता नपाउनेहरूमा बुबाआमाको पहिचान नभएका, मौसमी कामदार लगायत प्रकृतिका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नयाँ नागरिकता ऐन आएपछि नागरिकता वितरणमा सहज हुने बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo