काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रालि (धुलिखेल,काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेलस्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।































प्रतिक्रिया