‘कागजपत्र’ मा झुटो विवाहको कथा (हेर्नुहोस् ट्रेलर)

‘कागजपत्र’ मा झुटो विवाहको कथा (हेर्नुहोस् ट्रेलर)

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अपिल बिष्ट निर्देशित फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।

यस फिल्मले अष्ट्रेलिया जान झुटो विवाह गरेको कथालाई उठाएको छ । फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । यो फिल्म चैत्र ८ गतेदेखि देशभर प्रर्दशन हुँदैछ ।

Skip This
Skip This
Logo