बल्ल घट्यो सुनचाँदीको मूल्य

बल्ल घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo