अस्ट्रेलियामा अलपत्र बिद्यार्थीहरुको उद्धार गर्न कांग्रेसको आग्रह

अस्ट्रेलियामा अलपत्र बिद्यार्थीहरुको उद्धार गर्न कांग्रेसको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियामा अलपत्र नेपाली बिद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले अलपत्र परेका नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न माग गरेका हुन् । शर्माले पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुसार तत्कालै व्यवस्थापनमा अग्रसरता देखाउन पनि अपिल गरेका छन् ।

अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाले गम्भीर बनाएको बताउँदै शर्माले नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन गरिसकेको पनि बताएका छन् ।

अस्ट्रेलियाको एक नर्सिङ कलेजमा पढिरहेका विद्यार्थीको पढाईले मान्यता नपाउने भएपछि नेपाली विद्यार्थीहरु प्रभावित भएका हुन् । त्यहाँ एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेजमा पुगेका नेपाली विद्यार्थीको पढाइले मान्यता नपाउने भएपछि अन्यौलता बढेको हो ।

Skip This
Skip This
Logo