नेपाल एलपी ग्यास उद्योग संघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
संघले बुधवार पत्रकार सम्मेलन गर्दै बिभिन्न १० बुँदे माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका हुन् । संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेका हुन्।
संघका अध्यक्ष गोकुल भण्डारीले उधोग चलाउनै नसक्ने अवस्था आएकाले हड्तालमा उत्रिनुपरेको बताए । उनले पाँच वर्षको अवधिमा सरकारले आफ्ना माग नसुन्दा धेरै उद्योग बिक्री भएको र केहीले घरखेत बिक्री गरेर चलाईरहेको बताए।
संघले उद्योगको संचालन खर्च र बिक्रेता/वितरकको कमिशन बढाउनुपर्ने, ग्यासको बिक्रीको कमिशन तराईमा घटाईएको कोटा बढाउनु पर्ने, नेपाली ग्यास बुलेट संचालन हुनुपर्ने लगायतका १० बुँदे माग राखेका छन् ।































प्रतिक्रिया