काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनी गत असोज ६ गते नै पक्राउ परेका थिए । उनीमाथि पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप छ । यही प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।































प्रतिक्रिया