धनगढी प्रिमियर लिगको पहिलो क्वालिफायर्समा अहिले काठमाडौं गोल्डेन्सबिरुद्ध सिवाइसी अत्तरीयाले ब्याटिङ गरिरहेको छ ।
अत्तरीयाले एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर्समा पुगेको हो भने साविक उपविजेता काठमाडौंले ४ खेलमा जित हासिल गरेको थियो।
काठमाडौँ यस अघि अत्तरीयासंग पराजित भएको थियो । लिगको अन्तिम खेलमा अत्तरीयाले काठमाडौंलाई सात विकेटले हराएको थियो । यी दुई टिम अहिलेसम्म तीन पटक खेल्दा दुई पटक अत्तरीया विजयी भएको छ भने एकपटक काठमाडौं बिजयी भएका छन् ।
डीपीएलको पहिलो सिजनमा अत्तरीयाले काठमाडौंलाई ४० रनले हराएको थियो भने दोस्रो सिजनमा अत्तरीया ११ रनले पराजित भएको थियो ।































प्रतिक्रिया