काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा माल्दिभ्सविरुद्ध भुटानले १३-० को जित निकालेको हो ।
भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १-१ गोल गरे । यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया