विकासका सबै काम प्रविधिमैत्री बनाउँछौ- प्रधानमन्त्री

विकासका सबै काम प्रविधिमैत्री बनाउँछौ- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणका सबै कामलाई प्रविधिमैत्री बनाएर लैजाने बताएका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए । जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

नयाँ संविधानमार्फत तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले ७ सात सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको उनले बताए । उनले संविधानसभामार्फत नयाँ मूल्य र मान्यतासहितको संविधान ल्याएको बताए ।

लामो समयसम्मको अस्थिर राजनीतिबाट मुलुक स्थिरतातर्फ अघि बढेको भन्दै प्रधानमन्त्रीले देशको मुहार फेर्न ज्यान  बलिदानी दिने शहीदहरुप्रति सदा सम्मान रहने बताए । उनले आफूले सरकारको नेतृत्व गरेको फागुन ३ गते एक वर्ष पुगेको वताउँदै यो वर्ष सरकारले विकास र समृद्धिका लागि आधार वर्ष बनाएको र अर्को वर्षदेखि सरकारले गरेका काम जनतासमक्ष स्पष्ट देखिने बताए।

विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहाना, भावना र आकांक्षालाई सम्बोधन गर्दै काम गर्ने बताए ।

Skip This
Skip This
Logo