फास्ट ट्रयाकमा काटिएको एक अर्बको काठ कुहिन थाल्यो

फास्ट ट्रयाकमा काटिएको एक अर्बको काठ कुहिन थाल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निजगढ फास्ट ट्रयाक प्रभावित क्षेत्रमा काटिएका रूखका झन्डै दुई लाख क्युफिट काठ कुहिन थालेका छन् । निजगढ–पथलैया जोड्ने सडकको किनारमा दुई वर्षदेखि थुपारिएका ४९ हजार ८ सय ३९ क्युफिट र मकवानपुर जिल्ला अन्तर्गत पर्ने १८ सामुदायिक वनमा काटिएका १ लाख २३ हजार ६ सय ३६ क्युफिट काठ कुहिन थालेका हुन् ।

मकवानपुरमा पर्ने १८ सामुदायिक वनमा १५ हजार ६ सय ७२ रूख अर्थात् १ लाख ६० हजार ६ सय ९९ क्युफिट काटिएकोमा ३७ हजार ६ सय २६ क्युफिट मात्रै बेचिएको छ । बाँकी एक लाख २३ हजार ६ सय ३६ क्युफिट कुहिन थालेका छन् । यसमध्ये ४५ हजार ५ सय ९८ क्युफिट पञ्चकन्या सामुदायिक वनका मात्रै छन् ।

अन्य सामुदायिक वनबाट काटिएका ७८ हजार ४० क्युफिट भने सेनाले सम्बन्धित सामुदायिक वनलाई हस्तान्तरणनै गरेको छैन । ठूलो परिमाणको काठ सडकमै असरल्ल छाडिँदा घाम र पानीको असरले मक्किएको छ ।

सेनाले हस्तान्तरण गरिसकेका कतिपय काठ र हस्तान्तरण नगरेका धेरै काठ कुहिने क्रममा रहेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद उपाध्यायले बताए । ‘धेरै रूख काटिएका छन् । सेनाले हस्तान्तरण गरेका केही लिलाम भएको छ, केही बेच्न बाँकी नै छ । सेनाले हस्तान्तरण नगरेका पनि सडकमै छन्,’ उपाध्यायले भने ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo