वीरगञ्ज
भारतबाट पेट्रोल र डिजेल भरेर आएका ट्याङ्करमा पानी र लेदो मिसिएको भेटिएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोबाट आएको ट्याङ्करमा पानी र लेदो मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।
भरेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।
प्राविधिक परीक्षणका लागि टोलीले तीन/तीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजेल र पेट्रोलको सेम्पल लिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया