केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

काँधमा गाडी बोक्नेको कथादेखि ५० वर्षीय बृद्धाको चित्कारसम्म

काँधमा गाडी बोक्नेको कथादेखि ५० वर्षीय बृद्धाको चित्कारसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

प्रधानमन्त्रीलाई सुदूरपश्चिममा भव्य स्वागत, प्रदेशसभालाई सम्बोधन गर्ने

सुदूरपश्चिम प्रदेशको स्थापना दिवसमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रधानमन्त्री ओलीलाई गेटा विमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर मार्फत धनगढी पुगेका हुन् ।

सामाजिक सञ्जाल कानून: पोष्ट हटाउनेदेखि संचालन रोक्नेसम्म

सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले सामाजिक सञ्जाल सम्बन्धी कानून ल्याउने भएको छ । त्यसका लागि ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता भएको छ । यो विधेयक जस्ताको त्यस्तै पारित भएमा फेसबुक, ट्वीटर, युट्युव, इन्टाग्राम जस्ता कम्पनीहरुले नेपालमा दर्ता गर्नुपर्ने हुन्छ । यसका साथै सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई ५ बर्ष जेल र १५ लाख रुपैंया जरिवाना हुनेछ । त्यसो त अभिव्यक्ति स्वतन्त्रताविपरितका प्रावधानरु राखिएको भन्दै यो विधेयकको आलोचना भईरहेको छ ।

विवादित न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

विवादित न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। जोशीले सर्वोच्च अदालतबाट राजीनामा दिएका हुन्। प्रधानन्यायाधीशमा सिफारिस जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। त्यसपछि प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएका थिए। राणाको नियुक्ति लगतै जोशीको भूमिका खोसिएको थियो।

गाडी बोक्ने मध्येका एक्लो जिवित मान्छेलाई भेट्न जाँदा…

हाल काठमाडौंमा दैनिक १० लाख भन्दा बढी सवारीसाधन गुड्छन् । जसले गर्दा यहाँको ट्राफिक व्यवस्थापन निकै अस्तब्यस्त बनेको छ । तर, देशको केन्द्रिय राजधानी काठमाडौंमा कुनै बेला शासकहरुले मात्रै सवारीसाधन चढ्दथे । राणा शासकहरुका लागि आवश्यक सवारीसाधन मकवानपुरको भिमफेदीदेखि बोकेर काठमाडौंको थानकोटसम्म ल्याईन्थ्यो ।

शासकहरुका लागि गाडी बोकेर काँध खियाउने भरीयाहरुमध्ये अहिले एक जना मात्रै जिवित छन् । नेपाली इतिहासमा एउटा कालखण्डको प्रतिनिधित्व गर्ने एक्लो जिवित पात्र हुन् मकवानपुरको थाहानगरपालिका ५ तसर निवासी हिराबहादुर घलान (८७) । सोही गाउँका जुक्त बहादुर वाइबाको गत माघ २८ गते निधन भएपछि अहिले घलान एक जना मात्रै बाँकी छन् । वाइबाको निधनसँगै घलान यो गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक समेत बनेका छन् ।

नेपालद्वारा मलेसिया ३४  रनले पराजित

५० वर्षीया महिला बलात्कृत, अर्ध बेहोस अवस्था फेला

एनटिसीको अफर: ३३ रुपैयामा चाहे जति फोन, एसएमएस र डाटा

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

पानीजहाज कार्यालयको पहिलो बिज्ञप्ति- ‘जानकारी चाहिए कार्यालय आउनु’

१७ वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि के भने प्रधानमन्त्रीले ?(भिडियोमा)

६ मुख्यमन्त्रीहरु संघीय सरकारप्रति असन्तुष्ट (भिडियोमा)

भारतले आक्रमण गरे जवाफ फर्काउँछौ- पाकिस्तानी प्रधानमन्त्री

भेनेजुएलाको सेनालाई ट्रम्पको चेतावनी, ‘राष्ट्रपतिको समर्थन छोड्नु’

सलमानले आफ्नो फिल्मबाट पाकिस्तानी गायकलाई हटाए

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo