अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि नेपाली टोली घोषणा

अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि नेपाली टोली घोषणा

केन्द्रबिन्दु
207
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गत अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । जसमा सन्दीप लामिछानेको पुनरागमन हुँदा सागर ढकाल र देव खनाल बेन्चमा रहने छन्। यो श्रृंखलामा सहभागी तीनवटै राष्ट्रले दुई–दुई खेल खेल्नेछन्। नेपालले पहिलो खेल आयोजक अमेरिकासँग आइतबार खेल्नेछ। त्यसपछि मंगलबार नेपालले स्कटल्याण्डसँग खेल्नेछ । हिजो भएको पहिलो खेलमा अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ ।

नेपाली टाेली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी ।

Skip This
Skip This
Logo