आज पनि रास्वपाले दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने

आज पनि रास्वपाले दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ।

काठमाडौँ केन्द्रित प्रदर्शनअन्तर्गत रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा आज पनि प्रदर्शन जारी रहने बताइएको छ । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको छ ।

Skip This
Skip This
Logo