हालसम्मकै महँगो भयो सुन

हालसम्मकै महँगो भयो सुन

केन्द्रबिन्दु
183
Shares

काठमाडौँ । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo