काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थय सम्बन्धी १६ वटा देशका वैज्ञानिकहरूको सहभागिता रहको काठमाडौँमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्दन गरेका हुन् ।
उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्द्धका क्षेत्रमा गुणस्तरीय छलफल भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
मन्त्री पाण्डेले भने, ‘आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौँ । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपाधि प्राप्त गरिसक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिकभित्र पर्ने वैज्ञानिक हुनुहुन्छ, उहाँले ४ सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेखहरू लेख्नुभएको छ । उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानिक विङडिङलाई नेपालमा हार्दिक स्वागत गर्दछु ।’
मन्त्री पाण्डेले नेपाल र चीनबीच यस्ता आदान–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुगाएको उल्लेख गरे ।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिन समेत अनुरोध गरे । उनले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे ।
अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीहरू निकै आत्मीय रहेको भन्दै नेपाली विदयार्थीहरूलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनीहरूलाई आफूसँग जोडिन दिन समेत आग्रह गरे ।





























प्रतिक्रिया