लक्ष्मी सनराइज बैंकको पोखरामा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकको पोखरामा सेवा विस्तार

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको पोखरा महानगरपालिका वडा नं २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपालिकको वडा नं २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन् । सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औँ एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं ३ स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

Skip This
Skip This
Logo