एजेन्सी । जम्मु-काश्मिरमा फेरि ४ भारतीय सैनिक मारिएका छन् । सोमबार बिहान फेरि गोली हानाहान हुँदा ४ भारतीय सैनिक मारिएका हुन् । एक जना सैनिक घाइते भएका छन् ।
पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको बीबीसीले जनाएको छ ।
गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।
गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गर्दा ४६ सैनिक मारिएका थिए । त्यसपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ । केही शंकास्पद क्षेत्रमा सेनाले वार्निङ्ग फायरिङ्ग गरेको थियो ।
त्यसको जवाफमा लडाकुहरुले पनि गोली चलाए । उक्त जवाफी कारवाहीमा सेनका एक मेजरसहित ४ सैनिक मारिएका हुन् । मारिनेमा लडाकुहरु लुकेको घरको मालिक समेत रहेका छन् । उक्त क्षेत्रमा अझै पनि विद्रोहीको खोजी कार्य जारी छ ।































प्रतिक्रिया